कैलाली–५ मा रास्वपाका आनन्दबहादुर चन्द विजयी

कैलाली–५ मा रास्वपाका आनन्दबहादुर चन्द विजयी

केन्द्रबिन्दु
27
Shares

काठमाडौं। कैलाली–५ बाट प्रतिनिधि सभा सदस्यको निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का आनन्दबहादुर चन्द विजयी भएका छन्।

चन्दले नेपाली कांग्रेस सुदूरपश्चिमका महामन्त्री नरनारायण शाहलाई २० हजार मत अन्तरले पराजित गर्दै ३१,९५३ मत प्राप्त गरे। शाहले ११,९५८ मत मात्र ल्याउन सके।

तेस्रो स्थानमा नेपाली कम्युनिस्ट पार्टीका प्रेमबहादुर आले रहे, जसले ७,८७६ मत प्राप्त गरे। नेकपा एमालेका उम्मेदवार ८८यज्ञराज ढुंगाना (उपाध्याय)८८ले ५,८३९ मत प्राप्त गरे भने राष्ट्रिय प्रजातन्त्र पार्टीका रोशन शाहीले १,५९२ मत प्राप्त गरे।

चन्दको यस जितलाई क्षेत्रको मतदाताको विश्वास र रास्वपाको लोकप्रियतासँग जोडेर हेरिएको छ।

Logo