फराकिलो मतान्तरले जितिन् ललितपुर–३ लाई तोसिमा कार्की

फराकिलो मतान्तरले जितिन् ललितपुर–३ लाई तोसिमा कार्की

केन्द्रबिन्दु
12
Shares

काठमाडौं। ललितपुर निर्वाचन क्षेत्र नम्बर–३ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की तोसिमा कार्की प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएकी छन्।

कार्कीले ४३ हजार ९६ मत प्राप्त गर्दै स्पष्ट जीत हात पारेकी हुन्। उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका जितेन्द्रकुमार श्रेष्ठले ९ हजार ४५ मत प्राप्त गरे।

अन्य उम्मेदवारमध्ये नेपाली कम्युनिस्ट पार्टीका राजकाजी महर्जनले ६ हजार २२ मत पाए भने नेकपा एमालेका सन्दन थापा मगरले ३ हजार २९७ मत ल्याए।

राष्ट्रिय प्रजातन्त्र पार्टीका सबिनकुमार खड्काले २ हजार ३७ मत, श्रम संस्कृति पार्टीका ऋतुवर्तन राईले १ हजार ४७२ मत तथा उज्यालो नेपाल पार्टीका विजय पन्तले १ हजार ३२० मत प्राप्त गरेका छन्।

Logo