दोलखा । तामाकोशी गाउँपालिका–२ मा प्रतिनिधि सभा निर्वाचनमा एक मतको अन्तरले पराजित भएपछि नेपाली कांग्रेसका पार्टी सचिव राजेन्द्र योञ्जनले पदबाट राजीनामा दिएका छन्।
मतगणनामा कांग्रेसका उम्मेदवार अजबाबु शिवाकोटीले ३४६ मत ल्याएका थिए भने राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार जगदीश खरेल ३४७ मतसहित विजयी भए।
योञ्जनले सामाजिक सञ्जालमार्फत आफ्नो राजीनामाको जानकारी गराउँदै वडामा कांग्रेसले विगतमा धेरै पटक जित हासिल गरेको स्मरण गराएका छन्। उनले एक मतको हार भए पनि नैतिक जिम्मेवारी लिँदै पद त्यागेको बताए।































प्रतिक्रिया