रसुवा । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत रसुवामा समानुपातिकतर्फको मतगणना सम्पन्न भएको छ।
प्रत्यक्षतर्फ २५ हजार ४५८ मत खसेको जिल्लामा समानुपातिकतर्फ भने २६ हजार ४०३ मत खसेको थियो।
अन्तिम परिणाम अनुसार नेपाली कांग्रेसले ९ हजार ६०० मत ल्याउँदै पहिलो स्थान हासिल गरेको छ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले ७ हजार ६१८ मत पाएको छ भने नेकपा एमालेले ३ हजार ५८८ मत प्राप्त गरेको छ।
त्यस्तै नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले ९५७ मत ल्याएको छ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले १६७ मत पाएको छ।
अन्य दलतर्फ जनमत पार्टीले १०२, नेपाल मजदुर किसान पार्टीले १४, राष्ट्रिय जनमोर्चाले ८ तथा प्रगतिशील लोकतान्त्रिक पार्टीले ४ मत प्राप्त गरेका छन्।
निर्वाचन कार्यालयका अनुसार जिल्लामा समानुपातिकतर्फको मतगणना अब पूर्ण रूपमा सकिएको छ।





























प्रतिक्रिया