इलाम–२ मा एमालेका सुहाङ नेम्बाङ पुनः विजयी

इलाम–२ मा एमालेका सुहाङ नेम्बाङ पुनः विजयी

केन्द्रबिन्दु
39
Shares

फिक्कल (इलाम) । इलाम निर्वाचन क्षेत्र नम्बर–२ बाट नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्बाङ प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन्।

अन्तिम मतपरिणाम अनुसार नेम्बाङले २२ हजार ४२६ मत प्राप्त गर्दै नेपाली कांग्रेसका उम्मेदवार भेषराज आचार्यलाई ७ हजार ७७६ मतान्तरले पराजित गरे। आचार्यले १४ हजार ६५० मत प्राप्त गरे।

यसैगरी श्रम संस्कृति पार्टीका सुदिप राईले १४ हजार ४०० मत ल्याए भने राष्ट्रिय स्वतन्त्र पार्टीका गोकुलबहादुर राईले ७ हजार ८१४ मत प्राप्त गरे। नेपाली कम्युनिस्ट पार्टीका ओमबहादुर गुरुङले १ हजार १७२ मत पाए।

नेम्बाङको इलाम–२ बाट यो दोस्रो जित हो। यसअघि २०८१ वैशाख १५ मा भएको उपनिर्वाचनमा पनि उनले यही क्षेत्रबाट विजय हासिल गरेका थिए।

फागुन २१ गते सम्पन्न निर्वाचनमा यस क्षेत्रमा १ लाख १९ हजार ४८९ मतदाता रहेकामा ६७ हजार ६६४ मत खसेको थियो। जम्मा ३ हजार ८८३ मत बदर भएका थिए। विभिन्न १३ राजनीतिक दल र एक स्वतन्त्रसहित १४ उम्मेदवार चुनावी प्रतिस्पर्धामा थिए।

Logo