काठमाडौँ
संगठित रूपमा विद्युत् चोरी हुँदै आएको ललितपुरमा एकै ग्राहकबाट नेपाल विद्युत प्राधिकरणले झन्डै डेढ लाख रुपैयाँ असुलेको छ । "/>

विद्युत कटौतीको चेतावनी पछि ललितपुरमा विजुली चोरी गर्नेहरु घटे

विद्युत कटौतीको चेतावनी पछि ललितपुरमा विजुली चोरी गर्नेहरु घटे

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ
संगठित रूपमा विद्युत् चोरी हुँदै आएको ललितपुरमा एकै ग्राहकबाट नेपाल विद्युत प्राधिकरणले झन्डै डेढ लाख रुपैयाँ असुलेको छ । लुभुको एक रिसोर्टबाट मात्र उक्त रकम असुल गरिएको हो ।

प्राधिकरणले चोरी भइरहेका अन्य ठाउँबाट पनि रकम असुली बढाएको जनाएको छ । चोरी नियन्त्रण गर्न टोली गठन गरेरै घरघर पुगेर मिटर बाहेक विद्युत प्रयोग भए नभएको जाँच समेत गरिएको छ । हालसम्म २० ठाउँमा चोरी गरेको भेटिएको लगनखेल वितरण केन्द्र प्रमुख वीरेन्द्रकुमार सिंहले जानकारी दिए । ‘एउटै ग्राहकबाट हामीले डेढ लाख रुपैयाँ भन्दा बढी असुल गरेका छौं,’ उनले भने, ‘बिजुलीको मिटरमा उठेको रकममा शतप्रतिशत जरिवाना जोडेर लिने गरेका छौं ।’

चोरीमा प्रयोग भएका उपकरण पनि प्राधिकरणले जफत गरिरहेको उनले बताए । सो वितरण केन्द्रले च्यासल, लाँकुरी भन्ज्याङ, डुपाट मंगलबजार, डुपाट इखालखु र सातदोबाटोमा विद्युत चोरी विरुद्ध अभियान नै थालेको छ । एक सातामा जरिवाना बापत ७ लाख रुपैयाँ भन्दा बढी रकम असुली भएको प्रमुख सिंहले बताए । अधिक चोरी भएपछि प्राधिकरणले ललितपुरका विभिन्न क्षेत्रमा विद्युत कटौती (ब्ल्याक आउट) गर्ने चेतावनी दिएको थियो ।
राजधानीबाट

Logo