काठमाडौं। सर्लाही निर्वाचन क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्यमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार नरेन्द्र साह कलवार भारी मतान्तरसहित विजयी भएका छन्। उनले आफ्ना निकटतम प्रतिस्पर्धीलाई ३३ हजार ५५२ मतको फराकिलो अन्तरले पराजित गर्दै प्रतिनिधिसभामा प्रवेश गरेका हुन्।
निर्वाचन अधिकृतको कार्यालयका अनुसार ५३ वर्षीय कलवारले ४६ हजार ८९० मत प्राप्त गरेका छन्। उनका निकटतम प्रतिस्पर्धी नेकपा (माओवादी केन्द्र) का ६६ वर्षीय उम्मेदवार नारायणकाजी श्रेष्ठ ले १३ हजार ३३८ मत मात्र प्राप्त गरेका छन्।
त्यस्तै, नेपाली कांग्रेसका ६० वर्षीय उम्मेदवार विनोद कुमार खनाल ले ६ हजार ६२४ मत प्राप्त गरेका छन् भने नेकपा (एमाले) का ५८ वर्षीय उम्मेदवार हरि प्रसाद उप्रेती ५ हजार ७७६ मतमा सीमित भएका छन्।
कलवारको यो जितलाई सर्लाही–३ मा रास्वपाको बढ्दो जनसमर्थन र नयाँ राजनीतिक शक्तिप्रति मतदाताको झुकाव का रूपमा विश्लेषण गरिएको छ। भारी मतान्तरसहितको यस नतिजाले जिल्लाको राजनीतिक समीकरणमा महत्वपूर्ण सन्देश दिएको राजनीतिक विश्लेषकहरू बताउँछन्।





























प्रतिक्रिया