काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले सर्लाही क्षेत्र नम्बर ४ बाट विजयी उम्मेदवार तथा आफ्ना प्रतिस्पर्धी अमरेश कुमार सिंहलाई बधाइ दिएका छन् । आइतबार सामाजिक सञ्जालमा स्टाटस लेखेर सभापति थापाले आफूलाई माया, विश्वास र मत दिने यस क्षेत्रका सम्पूर्ण मतदाताप्रति हार्दिक कृतज्ञता व्यक्त गरे ।
उनले कृतज्ञ हुँदै भनेका छन्,‘सर्लाही क्षेत्र नम्बर ४ बाट निर्वाचित हुनुभएकोमा डा. अमरेश सिंहलाई हार्दिक बधाई तथा शुभकामना ! मलाई माया, विश्वास र मत दिनुहुने यस क्षेत्रका सम्पूर्ण मतदाताप्रति हार्दिक कृतज्ञता व्यक्त गर्दछु। यस क्षेत्रमा मैले देखेका समस्याहरूको सम्बोधन गर्न, मेरो पहल र क्षमताभित्रबाट सम्भव हुने कामहरू निरन्तर रूपमा गरिरहनेछु।’





























प्रतिक्रिया