उम्मेदवारी खारेज भए पनि धनुषा १ मा रास्वपालाई नै भारी मत

उम्मेदवारी खारेज भए पनि धनुषा १ मा रास्वपालाई नै भारी मत

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ । धनुषा क्षेत्र नं १ मा रास्वपाका उम्मेदवार किशोरी साह कमलको उम्मेदवारी खारेज भए पनि उनले पाएको मत धेरै देखिएको छ। तर रास्वपाका उम्मेदवार कमलको उम्मेदवारी खारेज भएकाले मत भने सार्वजनिक गरिएको छैन।

अहिलेसम्म आएको मत परिणाम अनुसार नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार मातृका यादवले अग्रता लिएका छन्। यादवले ६ हजार ९६८ मत ल्याएका छन्। कांग्रेसका राम पलटन साहले ६ हजार ७८३ मत ल्याएका छन्। तेस्रोमा रहेका एमालेका रामचन्द्र मण्डलको ६ हजार ३२९ मत छ।

रास्वपा उम्मेदवार कमल आफ्नो उम्मेदवारी खाेरजीविरूद्ध सर्वोच्च गएका छन्। सर्वोच्च अदालत गएकाले भोलिको दिनमा आउन सक्ने सम्भावित निर्णयलाई समेत ख्याल गरिएको छ।

Logo