जाँचबुझ आयोगको प्रतिवेदनः ओलीमाथि फौजदारी मुद्दा चलाउन सिफारिस

जाँचबुझ आयोगको प्रतिवेदनः ओलीमाथि फौजदारी मुद्दा चलाउन सिफारिस

केन्द्रबिन्दु
81
Shares

काठमाडौं । जेनजी आन्दोलनबारे जाँचबुझ गर्न गठित आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीमाथि फौजदारी कानुनअनुसार कारबाही अघि बढाउन सिफारिस गरेको छ ।

आइतबार प्रधानमन्त्री सुशीला कार्कीलाई आइतबार पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले बुझाएको प्रतिवेदनमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र जिल्ला सुरक्षा समिति काठमाडौंका तत्कालीन अध्यक्षलाई जिम्मेवार बनाउन सरकारलाई सुझाव दिएको हो ।

आयोगले भदौ २३ र २४ मा भएको जेनजी प्रदर्शनबारे छानबिन गरेको थियो । जेनजी आन्दोलनको पहिलो दिन काठमाडौँको नयाँ बानेश्वरमा प्रहरीको गोली लागेर घटनास्थलमा र अस्पतालमा उपचारको क्रममा २१ जनाले ज्यान गुमाएका थिए र समग्रमा ७६ जनाले ज्यान गुमाएका थिए ।

आयोगको सिफारिस अनुसार सरकार अघि बढेमा तत्कालीन प्रधानमन्त्री ओली, काठमाडौंका तत्कालीन प्रमुख जिल्ला अधिकारी छविलाल रिजाललाई फौजदारी कानुन अनुसार मुद्दा चल्न सक्छ ।

Logo