सुनसरी -१ मा हर्क साम्पाङ विजयी

सुनसरी -१ मा हर्क साम्पाङ विजयी

केन्द्रबिन्दु
6
Shares

काठमाडौं । सुनसरी–१ बाट प्रतिनिधिसभा सदस्यमा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ निर्वाचित भएका छन् ।

पछिल्लो मतपरिणामअनुसार रहेका साम्पाङले ३५ हजार ७४१ मत ल्याएर विजयी भएका हुन् । उनले निकटतम प्रतिस्पर्धी राष्ट्रिय स्वतन्त्र पार्टीका गोमा तामाङले भन्दा ८ हजार ४९२ मतान्तर ल्याउन सफल भए । तामाङले २७ हजार २४९ मत ल्याइन् ।

त्यस्तै, नेपाल कम्युनिष्ट पार्टी (एमाले)का टीकाराम लिम्बूले छ हजार ४६३ मत प्राप्त गरेका छन् । यस क्षेत्रमा विभिन्न १९ दल र सात स्वतन्त्र गरी २६ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा थिए । धरान उपमहानगरपालिका, बराहक्षेत्र, राधुनी गरी २७ वटा वडा समेटिएको यस निर्वाचन क्षेत्रमा एक लाख ५० हजार ३९३ मतदाता रहेकामा ८७ हजार ८६५ मत खसेको थियो ।

यो श्रम संस्कृति पार्टीको दोस्रो सिट हो । यसअघि श्रम संस्कृति पार्टीकै आरेन राईले खोटाङ १ बाट जित निकालेका छन् ।

Logo