काठमाडौँ | प्रतिनिधिसभाअन्तर्गत समानुपातिक निर्वाचन प्रणालीतर्फको मतगणना जारी रहँदा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले भारी अग्रता कायम गरेको छ। निर्वाचन आयोगको पछिल्लो तथ्याङ्क अनुसार कुल ३८ लाख ३ हजार १६८ मत गणना सम्पन्न भइसकेको छ।
हालसम्मको गणनामा राष्ट्रिय स्वतन्त्र पार्टीले कुल खसेको मतको झण्डै आधा हिस्सा अर्थात् १८ लाख ८६ हजार ५५४ मत प्राप्त गर्दै शीर्ष स्थानमा रहेको छ। दोस्रो स्थानमा रहेको नेपाली काँग्रेस रास्वपा भन्दा करिब १२ लाख मतले पछाडि छ। काँग्रेसले हालसम्म ६ लाख ४३ हजार १५१ मत प्राप्त गरेको छ।
त्यस्तै, नेकपा (एमाले) ५ लाख ४० हजार ९४२ मतका साथ तेस्रो स्थानमा छ भने नेपाली कम्युनिष्ट पार्टी २ लाख ५७ हजार ५६३ मतसहित चौथो स्थानमा रहेको छ। पछिल्लो आँकडा अनुसार राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले १ लाख ३८ हजार २८१ मत प्राप्त गरेको छ।





























प्रतिक्रिया