गोरखा । प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत गोरखा क्षेत्र नम्बर १ को मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार सुदन गुरुङले आफ्नो अग्रतालाई थप मजबुत बनाएका छन्।
पछिल्लो प्राप्त विवरण अनुसार, ‘घन्टी’ चुनाव चिन्ह भएका गुरुङले ८,८१० मत प्राप्त गर्दै प्रतिस्पर्धीहरूलाई निकै पछाडि छाडेका छन्। उनलाई नेपाली कांग्रेसका प्रेम खत्रीले पछ्याइरहेका छन्। अहिलेसम्मको गणनामा गुरुङ र खत्रीबीच १,१४१ मतको अन्तर देखिएको छ।
सुरुवाती चरणदेखि नै अग्रता लिएका गुरुङले उत्तरी गोरखाका विभिन्न वडाहरूबाट उत्साहजनक मत प्राप्त गरिरहेका छन्। यस क्षेत्रमा नेकपा एमालेका आरसी लामिछाने र तारा चिन्ह भएका हरि अधिकारी भने प्रतिस्पर्धामा निकै पछाडि देखिएका छन्।





























प्रतिक्रिया