समानुपातिक मतगणना : ८ क्षेत्र बाँकी,अन्यमा सकियो

समानुपातिक मतगणना : ८ क्षेत्र बाँकी,अन्यमा सकियो

केन्द्रबिन्दु
111
Shares

काठमाडौं। प्रतिनिधिसभा सदस्यको समानुपातिक निर्वाचनतर्फ ८ निर्वाचन क्षेत्रमा मतगणना अझै बाँकी छ।

निर्वाचन आयोगका अनुसार संखुवासभा, इलाम १, अछाम २, बाजुरा, गोरखा १ र २, तथा धनुषा १ र २ मा मतगणना शुरु हुन बाँकी छ।

अहिलेसम्म मतगणना सकिएका क्षेत्रमा धनुषा ३, महोत्तरी १, सर्लाही २, बारा १–४, रौतहट १, पर्सा १, २ र ४, रसुवा, सिन्धुली १ र २, दोलखा, कञ्चनपुर १–३, दार्चुला, डडेल्धुरा, बझाङ, डोटी, कैलाली १, ताप्लेजुङ, धनकुटा, झापा ३, मोरङ २–४, ६, सुनसरी ३, तेह्रथुम, उदयपुर २, गुल्मी १, रोल्पा, रुकुम पश्चिम, बाँके १–३, अर्घाखाँची, कपिलवस्तु २, दाङ २–३, पर्वत, तनहुँ, कास्की, लमजुङ, नवलपरासी पूर्व १–२, मुस्ताङ, म्यादी, स्याङ्जा १, मनाङ, बाग्लुङ, काठमाडौँ १–१०, भक्तपुर १–२, ललितपुर १ र ३ रहेका छन्।

आयोगले बाँकी क्षेत्रको मतगणना जारी रहेको जानकारी दिएको छ।

Logo