कास्कीमा गणेश पौडेलको धन्यवाद सभा : ‘लोकतन्त्रमा हार–जीत हुँदैन’

कास्कीमा गणेश पौडेलको धन्यवाद सभा : ‘लोकतन्त्रमा हार–जीत हुँदैन’

केन्द्रबिन्दु
6
Shares

कास्की। कास्की १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट निर्वाचित भएका गणेश पौडेलले आफ्नो ‘धन्यवाद सभा’लाई कुनै विजय -याली नभएको स्पष्ट पारेका छन् । आँफूलाई मतदान गर्ने मतदाताहरुलाई धन्यवाद दिनका लागि समय तालिका सार्वजानिक गर्दै पौडेलले यस्तो बताएका हुन्। समाजिक सञ्जाल फेशवुकमा पौडेलले लेखेका छन्, “साँचो लोकतन्त्रमा कसैले हार्दैन, सबैले जित्छन्। अबिर–फुलमाला, खादा–खाम केही हुँदैन। छोटो ‘कृतज्ञता माइन्युट’मा चुनावी सहयोग गर्ने सबैप्रति धन्यवाद व्यक्त गर्नेछु।”

उनले स्थानीय र राष्ट्रिय मुद्दा सुन्न तयार रहेको र अतिरञ्जित हुन, होहल्ला गर्नु वा कसैलाई उत्तेजित पार्नु आवश्यक नभएको पनि बताएका छन् । उनले भनेका छन् , “सफलताका प्रवर्तक र संवर्धकप्रति अनुग्रहित हुनु नै हाम्रो संस्कृति हो। प्रतिष्ठा गरेपछि ढुंगा पनि ईश्वर बन्छन्।”

Logo