आयोगमा बुझाए बालेनले १४ लाख १७ हजार २८९ रुपैयाँ चुनावी खर्चको विवरण

आयोगमा बुझाए बालेनले १४ लाख १७ हजार २८९ रुपैयाँ चुनावी खर्चको विवरण

केन्द्रबिन्दु
27
Shares

काठमाडौं। झापा–५ बाट निर्वाचित बालेन साहले आफ्नो चुनावी खर्चको विवरण निर्वाचन आयोगमा बुझाएका छन्। उनका अनुसार चुनावी अभियानमा १४ लाख १७ हजार २८९ रुपैयाँ खर्च भएको छ।

खर्च विवरणअनुसार सवारीसाधन भाडामा २ लाख ९३ हजार ५००, हवाई भाडामा ३५ हजार, मतदाता प्रशिक्षण कार्यक्रमको खानामा २९ हजार ३९० र वडा स्तरीय प्रचार कार्यक्रममा खाजामा २८ हजार ९७० रुपैयाँ खर्च भएको छ।

त्यस्तै प्रचार कार्यक्रमका लागि ५ लाख ८० हजार रुपैयाँ खर्च गरिएको उल्लेख छ। सबैभन्दा कम खर्च भने उम्मेदवारी मनोनयनका लागि १० हजार रुपैयाँ रहेको विवरणमा देखिएको छ।

Logo