मकवानपुर
आगामी शनिबार दोस्रो संसद बैठक बस्ने तयारीमा रहेको प्रदेश नम्बर ३ को राजधानी हेटौंडामा ब्यवस्थापनहरु द्रुत गतिमा भईरहेका छन् । "/>

प्रदेश ३ : आदिवासी जनजाति हर्षित, राजधानी नसार्न अनुरोध

प्रदेश ३ : आदिवासी जनजाति हर्षित, राजधानी नसार्न अनुरोध

केन्द्रबिन्दु
0
Shares

मकवानपुर
आगामी शनिबार दोस्रो संसद बैठक बस्ने तयारीमा रहेको प्रदेश नम्बर ३ को राजधानी हेटौंडामा ब्यवस्थापनहरु द्रुत गतिमा भईरहेका छन् । प्रदेशस्तरीय मन्त्रालयहरु स्थापना भएका छन् भने त्यसअघि नै प्रदेश प्रमुखको कार्यालय र प्रदेश सभा सचिवालयले काम शुरु गरिसकेका छन् । त्यस्तै मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले पनि काम थालेका छन् ।

ती कार्यालयहरुको धमाधम आन्तरिक व्यबस्थापन भईरहँदा आवश्यक कर्मचारीहरु आउने र माग गर्ने क्रम चलिरहेको छ । हेटौंडालाई राजधानी घोषणा हुँदा देखि नै शान्त रहेका जातीय संघसंस्थाहरुले पनि धारणा बनाउन थालेका छन् । दोस्रो संसद बैठकले सभामुख, उपसभामुखको टुङ्गो लगाउने र त्यसपछि मुख्यमन्त्रीको चयनको प्रक्रिया अघि बढ्ने तयारी भइरहँदा प्रदेश राजधानी र मन्त्री चयनमा समेत जनजाति अगुवाहरु खुलेर प्रतिक्रिया दिन थालेका छन् । ‘काठमाडौंको राजधानी कस्तो होला भन्ने लाग्थ्यो, अब यहीं हेर्न पाईने भयो।’ लोपोन्मुख बनकरिया समुदायकी अगुवा ठुलीमायाँ बनकरियाले खुशी साट्दै भनिन् । धमाधम मन्त्रालयहरु बनिरहेको सुनेकी उनले बनकरिया बस्ती नजिकै राजधानी भएपछि आफुहरुको जिवनयापनमा आमूल परिवर्तन आउने आशा व्यक्त गरिन् । ‘राजधानी भनेको काठमाडौं मात्र सुनेका थियौं, अब यहीं राजधानी भएपछि सरकारले हाम्रो अस्थायी बसोबासलाई स्थायी गरेको हेर्ने रहर छ ।’

वनकरिया २ दशक देखि मकवानपुरको मनहरी गाउँपालिका–४ साविकको हाँडीखोला गाविस–७ मुसेधाप कबुलियती जग्गामा बस्दै आएका छन् । जंगलमा फिरन्ते जीवन बिताउँने वनकरियालाई जिल्ला वन कार्यालय मकवानपुरले कवुलियती वन समूह अन्तर्गत ९ हेक्टर जमिन उपलब्ध गराएको थियो। सरकारले ५ बर्ष देखि बजेट छुट्याए पनि मकवानपुरमा मात्र बसोवास रहेको लोपोन्मुख वनकरियाको ब्यवस्थित घर बनाउन सकिएको छैन । जनता आवास कार्यक्रम अन्तर्गत घर बनाउन वर्षेनी ३० देखि ४० लाख रुपैयाँ रकम विनियोजित गर्ने गरेपनि कुनैपनि वनकरियाको आफ्नो नाममा जग्गा नभएकाले रकम फिर्ता जाने गरेको छ । हाल २१ घरधुरी रहेको बनकरियाको जनसंख्या ७३ जना रहेको बनकरिया अगुवाले बताए।

यता मकवानपुरको हेटौंडा राजधानी भएको मकवानपुर सहित धादिङ्ग, चितवनमा मुख्य बसोबास रहेको चेपाङ्ग समुदायले बढी रुचाएको देखिन्छ । आफ्नो मुख्य बसोबास रहेकै जिल्लामा स्थायी प्रदेश राजधानी राखियोस् भन्ने चेपाङ्ग अगुवाको माग छ । नेपाल चेपाङ्ग संघ मकवानपुरका अध्यक्ष खेम चेपाङ्गले चेतावनी दिदै भने– ‘राजधानी कायम राख्न चेपाङ्ग र सीमान्तकृत समुदाय सडकमा उत्रन नपरोस् ।’ काठमाडौं उपत्यकामा बिकास, जनघनत्व र सवारी चाप बढी भएकाले पिछडिएको समुदाय रहेको मकवानपुरमै राजधानी स्थायी बनाउनु पर्ने उनको भनाई छ ।

नागरिकबाट

Skip This
Skip This
Logo