जनकपुर
प्रदेश नम्बर २ को सरकार निर्माणका लागि सङ्घीय समाजवादी फोरम नेपाल र राष्ट्रिय जनता पार्टीका शीर्ष नेता बीचको वार्ता निष्कर्षविहीन भएको छ । दुवै दलका शीर्ष नेता बीच मंगलबार जनकपुरधामको सीताशरण होटलमा बिहान नौ बजे देखि थालिएको वार्ता साँझ सम्म पनि निष्कर्षमा पुग्न नसकेको हो ।
दुवै दलबीच सरकारको नेतृत्व, मन्त्रालय बाँडफाँड लगायत विषयमा सहमति हुन नसकेका कारण वार्ता निष्कर्षमा पुग्न नसकेको बुझिएको छ । प्रदेश नं २ मा सङ्घीय समाजवादी फोरम नेपालको २९, राष्ट्रिय जनता पार्टीको २५, नेकपा (एमाले) को २१, नेपाली काँग्रेसको १९, नेकपा (माओवादी केन्द्र) को ११, नेपाल सङ्घीय समावादी पार्टीको एक र स्वतन्त्र एक सांसद छन् ।
बैठकमा सहभागी राष्ट्रिय जनता पार्टीका अध्यक्ष मण्डलका सदस्य अनिलकुमार झाले चाँडै नै पुनः वार्ता गरी यस बिषयलाई निष्कर्षमा पुर्याइने बताए । बैठकमा फोरमबाट अध्यक्ष उपेन्द्र यादव, नेताद्वय रेणु यादव र लालबाबु राउत गद्दी तथा राष्ट्रिय जनता पार्टीबाट अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुर, सदस्यहरु शरद सिहं भण्डारी, राजेन्द्र महतो, महेन्द्र यादव र अनिल झाको सहभागिता थियो।
नागरिकबाट





























प्रतिक्रिया