काठमाडौं। प्रतिनिधिसभा निर्वाचनमा अपेक्षित परिणाम ल्याउन नसकेपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का रुकुमपश्चिम जिल्ला सभापति मानबहादुर शाहीले पदबाट राजीनामा दिएका छन्।
रास्वपाका संस्थापक जिल्ला सभापति समेत रहेका शाहीले सोमबार सामाजिक सञ्जालमार्फत जिम्मेवारीबाट हट्ने घोषणा गरेका हुन्। रुकुमपश्चिमबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार बनेका उनले निर्वाचनमा पार्टीलाई जिताउन नसकेको स्वीकार गर्दै त्यसको जिम्मेवारी आफूले लिएको बताएका छन्।
फागुन २१ गते सम्पन्न निर्वाचनमा अपेक्षित मत नआएपछि नैतिक जिम्मेवारी लिँदै जिल्ला सभापति पदबाट राजीनामा प्रदेश सभापतिसमक्ष पेश गरिएको उनले जनाएका छन्।
निर्वाचन परिणामअनुसार शाहीले ४ हजार ७६ मत मात्र प्राप्त गरेका छन्। आवश्यक मत नपुगेपछि उनको धरौटीसमेत जफत भएको छ।





























प्रतिक्रिया