तीन वर्षमै एक लाख घरधुरीमा पुग्यो वाई-फाई नेपालको इन्टरनेट

तीन वर्षमै एक लाख घरधुरीमा पुग्यो वाई-फाई नेपालको इन्टरनेट

केन्द्रबिन्दु
36
Shares

काठमाडौं । सन् २०२२ मा स्थापित इन्टरनेट सेवाप्रदायक कम्पनी वाई-फाई नेपालले एक लाख ग्राहक (घरधुरी) कोशेढुगा पार गरेको छ । मध्यम वर्गीय तथा साना परिवारलाई लक्षित गरी सेवा सुरु गरेको यस कम्पनीले सञ्चालनको तीन वर्षभित्रै यो सफलता पाएको हो ।

सस्तो र भरपर्दो इन्टरनेट सेवाको नारासहित बजारमा आएको वाई-फाई नेपालले हाल देशभरका १०० भन्दा बढी सहरहरूमा आफ्नो सेवा विस्तार भइसकेको जानकारी दिएको छ । कम्पनीले ४० भन्दा बढी सम्पर्क कार्यालय र ५०० भन्दा बढी कर्मचारीहरूमार्फत गुणस्तरीय ग्राहक सेवा प्रदान गर्दै आएको जनाएको छ ।

नियामक नेपाल दूरसञ्चार प्राधिकरणको माघ महिनासम्मको एमएआईएस रिपोर्ट अनुसार वाई-फाई नेपाल प्रालिका ग्राहक संख्या एक लाख दुई हजार ९९१ रहेका छन् भने इन्टरनेट सेवा प्रदायकको सूचीमा नवाैँ स्थानमा छ ।

विशेषगरी विद्यार्थी, साना उद्यमी, व्यवसायी र मध्यम वर्गीय परिवारलाई केन्द्रमा राखेर ल्याइएका प्याकेजहरूका कारण छोटो समयमै ठुलो ग्राहक आधार बनाउन सफल भएको कम्पनीको दाबी छ ।

यस उपलब्धिबारे बोल्दै वाई-फाई नेपालका प्रमुख कार्यकारी अधिकृत (सीईओ) शत्रुहन पञ्जीयारले भने, “ग्राहकले वाई-फाई नेपालप्रति देखाएको माया र विश्वासका लागि हामी कृतज्ञ छौँ । यो सफलताले हामीलाई सेवा अझै गुणस्तरीय बनाउँदै देशभर विस्तार गर्न थप हौसला प्रदान गरेको छ ।”

Logo