मध्यविन्दु। पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासीको दाउन्नेमा पाँचवटा सवारीसाधन ठोक्किँदा आठ जना घाइते भएका छन्।
विनयी त्रिवेणी गाउँपालिका–२ घिउखोला नजिक गए राति भारतमा दर्ता भएको कन्टेनरले ओभरटेक गर्ने क्रममा ठोक्किएको हो।
दुर्घटनामा मोटरसाइकल चालक अमर कार्की (कालिकोट) र पछाडि सवार महेन्द्र महतारा घाइते भएका छन्। त्यस्तै बसमा सवार छ जना यात्रु पनि घाइते भएका छन्।
घाइतेमध्ये रोल्पा, रामेछाप, धरान, सुनसरी र प्युठानका व्यक्तिहरू रहेका छन्। सबैलाई उपचारका लागि मध्यविन्दु प्रादेशिक अस्पताल पठाइएको छ।
कन्टेनर चालक फरार रहेको र उनको खोजी भइरहेको प्रहरीले जनाएको छ। दुर्घटनापछि अवरुद्ध राजमार्ग खुलाउने प्रयास जारी छ।





























प्रतिक्रिया