रवि लामिछानेको मुद्दाको पूर्ण सुनुवाइ चैत १ मा हुने

रवि लामिछानेको मुद्दाको पूर्ण सुनुवाइ चैत १ मा हुने

केन्द्रबिन्दु
45
Shares

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग सम्बन्धित मुद्दामा सर्वोच्च अदालतले अर्को सुनुवाइको बाटो खुला गरेको छ।

सहकारी ठगीसँगै जोडिएका सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा हटाउने निर्णयविरुद्ध दायर रिटलाई सर्वोच्चले पूर्ण सुनुवाइका लागि पठाएको छ। न्यायाधीश सपना प्रधान मल्ल र श्रीकान्त पौडेलको संयुक्त इजलासले चैत १ गतेका लागि विस्तृत सुनुवाइ तय गरेको हो।

महान्यायाधिवक्ता सविता भण्डारीले यसअघि लामिछानेमाथि सहकारी ठगीमा मात्र मुद्दा चलाउने गरी अन्य दुई अभियोग हटाउन सरकारी वकिल कार्यालयलाई निर्देशन दिएकी थिइन्। यही निर्णयविरुद्ध अधिवक्ता दिनेश त्रिपाठीसहित केही व्यक्तिले सर्वोच्चमा रिट दायर गरेका थिए।

महान्यायाधिवक्ताको निर्देशनपछि कास्की र रुपन्देही जिल्ला अदालतमा अभियोगपत्र संशोधनका लागि निवेदन पेस भए पनि सर्वोच्चमा मुद्दा विचाराधीन भएकाले प्रक्रिया अघि बढ्न सकेको छैन।

काठमाडौँ र पर्साका सरकारी वकिल कार्यालयले भने अहिलेसम्म अभियोगपत्र संशोधनका लागि अदालतमा निवेदन दिएका छैनन्।

Logo