देउखुरी। काठमाडौँको नयाँ बानेश्वरस्थित निजामती कर्मचारी अस्पताल र दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानबीच सेवा विस्तारसम्बन्धी सम्झौता भएको छ।
सम्झौतापछि अब निजामती कर्मचारीले पाउँदै आएका उपचार सेवा र सुविधा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट पनि लिन सक्नेछन्। उपचारका साथै दुवै संस्थाले जनशक्ति, तालिम र स्वास्थ्य अनुसन्धानका क्षेत्रमा सहकार्य गर्नेछन्।
निजामती अस्पतालले कर्मचारीलाई उपचारमा ४० देखि ५० प्रतिशतसम्म छुट दिँदै आएको छ। अधिकृतस्तरका कर्मचारीले ४० प्रतिशत र सोभन्दा तल्लो तहका कर्मचारीले सेवा शुल्कमा ५० प्रतिशत छुट पाउने व्यवस्था छ। सेवा निवृत्त कर्मचारीले सबै सेवामा ५० प्रतिशत छुट पाउनेछन्।
सेवा लिन कर्मचारीले विशेष सफ्टवेयर प्रणालीमा आफ्नो र परिवारका सदस्यको विवरण दर्ता गर्नुपर्नेछ। अस्पतालको प्रणाली ‘निजामती किताबखाना’को डाटाबेससँग जोडिएपछि कर्मचारीले सोही आधारमा सुविधा पाउने व्यवस्था गरिएको छ।
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले आगामी वैशाख १ गतेदेखि यो सेवा सुरु गर्ने लक्ष्य राखेको छ।





























प्रतिक्रिया