पश्चिम एसियामा आंशिक हवाई उडान सुचारु

पश्चिम एसियामा आंशिक हवाई उडान सुचारु

केन्द्रबिन्दु
18
Shares

काठमाडौं। बाह्र दिनदेखि बन्द पश्चिम एसियाको हवाई उडान आंशिक रूपमा सञ्चालनमा आएको छ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता सन्तुष्टकुमार बस्नेतका अनुसार तनावपूर्ण अवस्थामा सुधार आएपछि केही अन्तर्राष्ट्रिय एयरलाइन्सले उडान सुरु गरेका छन्।

आंशिक रूपमा उडान सुरु गर्नेमा एयर अरेबिया, फ्लाइ दुबई र हिमालय एयरलाइन्स रहेका छन्। हिमालय एयरलाइन्सले दुबईका लागि दैनिक करिब १०० यात्रु लिएर उडान सञ्चालन गरिरहेको जनाएको छ।

इरान–अमेरिका युद्धका कारण फागुन १६ गतेबाट बन्द भएका हवाई उडान अब अवस्था हेरेर आंशिक रूपमा सुचारु भएको छ।

Logo