काठमाडौँ
स्व.जनकविकेशरी धर्मराज थापाकी धर्मपत्नी एवं जनकविकेशरी धर्मराज–सावित्री प्रतिष्ठानकी संरक्षिका सावित्री थापाको आज बिहान ९१ वर्षको उमेरमा ग्राण्डी अस्पताल टोखामा निधन भएको छ । "/>

जनकविकेशरी धर्मराज थापाकी पत्नीको निधन

जनकविकेशरी धर्मराज थापाकी पत्नीको निधन

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ
स्व.जनकविकेशरी धर्मराज थापाकी धर्मपत्नी एवं जनकविकेशरी धर्मराज–सावित्री प्रतिष्ठानकी संरक्षिका सावित्री थापाको आज बिहान ९१ वर्षको उमेरमा ग्राण्डी अस्पताल टोखामा निधन भएको छ । केही समय देखि शारीरिक अस्वस्थताका कारण उपचार गराइरहेकी थापाको हृदयाघातबाट निधन भएको हो । वि.सं. १९८३ मा कपिलवस्तुमा जन्मनुभएका उहाँले जनकविकेशरीसँँग वैवाहिक सम्बन्धमा आबद्ध भएपछि बाटुलेचौर पोखरामा जीवनको लामो कालखण्ड बिताउनु भएको थियो । पछि उहाँ ज्येष्ठ पुत्र मदनराजको सेवासुश्रूषामा स्वयम्भू काठमाडौंँमा बस्दै आउनु भएको थियो । उहाँका तीन छोरा र दुई छोरी हुनुहुन्छ । धर्मराज थापाको भने ३ वर्ष अघि नै निधन भइसकेको छ ।
रासस

Logo