काठमाडौं। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फको मतगणनाको अन्तिम नतिजा सार्वजनिक भएको छ । सार्वजनिक नतिजाअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सबैभन्दा धेरै मत ल्याउँदै पहिलो दल बनेको छ ।
रास्वपाले समानुपातिकतर्फ ५१ लाख ८३ हजार ४९३ मत प्राप्त गरेको छ । नेपाली कांग्रेस १७ लाख ५९ हजार १७२ मतसहित दोस्रो स्थानमा रहेको छ भने नेकपा (एमाले) १४ लाख ५५ हजार ८८५ मतसहित तेस्रो बनेको छ ।
यसैगरी नेकपा ८ लाख ११ हजार ५७७ मतसहित चौथो स्थानमा रहेको छ । श्रम संस्कृति पार्टीले ३ लाख ८५ हजार ८५६ मत प्राप्त गर्दै पाँचौँ स्थान हासिल गरेको छ भने राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ३ लाख ३० हजार ६८४ मतसहित छैटौँ स्थानमा रहेको छ । यस्तै अन्य दलहरुले पनि यी दलहरुका भन्दा थोरै मत ल्याएका छन् ।
निर्वाचन आयोगका अनुसार समानुपातिक प्रणालीअन्तर्गत प्राप्त मतका आधारमा दलहरूले प्रतिनिधिसभामा सिट प्राप्त गर्ने व्यवस्था रहेको छ । आयोगले अन्तिम मतपरिणाम सार्वजनिक भएसँगै सिट बाँडफाँट प्रक्रिया अघि बढाउने तयारी गरेको जनाएको छ ।





























प्रतिक्रिया