समानुपातिकमा थ्रेसहोल्ड नकटाउने दलहरूले कति ल्याए मत?

समानुपातिकमा थ्रेसहोल्ड नकटाउने दलहरूले कति ल्याए मत?

केन्द्रबिन्दु
15
Shares

काठमाडौं। प्रतिनिधिसभा निर्वाचनको समानुपातिकतर्फ ३ प्रतिशत थ्रेसहोल्ड कटाउन नसक्ने दलहरुको ८,९०,७८६ मत खेर गयो । थ्रेसहोल्ड नकटाउने दलहरूमा उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा, १,८२,२८५ मत), राष्ट्रिय परिवर्तन पार्टी (१,७२,४९३ मत), डा. सीके राउतको जनमत पार्टी (७९,४३५ मत), चकिया (जाँतो)÷रामुपा÷नाउपा (६२,०६९ मत), नेपाल मजदुर किसान पार्टी (४२,३०१ मत), राष्ट्र निर्माण दल (३९,५७७ मत), राष्ट्रिय जनमोर्चा (२९,४५५ मत), बस (नेसंसपा÷बएपार्टी÷नेजजापा) (२९,४३६ मत), नेपाल जनता संरक्षण पार्टी (२८,४२४ मत), प्रगतिशील लोकतान्त्रिक पार्टी (२४,६७५ मत), नेकपा (माओवादी) (२३,८६४ मत), मंगोल नेशनल अर्गनाइजेशन (२०,८२९ मत), मोबाइल (आम जनता÷जनादेश पार्टी) (१९,८३२ मत), सार्वभौम नागरिक पार्टी (१४,८८७ मत), राष्ट्रिय मुक्ति आन्दोलन (१०,७२६ मत) लगायतका दलहरू छन्।

यसैगरी, संयुक्त नागरिक पार्टी (९,१४२ मत), स्वाभिमान पार्टी (८,१५६ मत), राष्ट्रिय जनमुक्ति पार्टी (७,२१० मत), नेपाल जनता पार्टी (७,१६४ मत), राष्ट्रिय एकता दल (७,०७१ मत), नेकपा (माले) (६,१७२ मत), राष्ट्रिय गौरव पार्टी (५,२५० मत), नेशनल रिपब्लिक नेपाल (५,१६१ मत), गतिशील लोकतान्त्रिक पार्टी (५,१०१ मत), नेपालका लागि नेपाली पार्टी (५,०१९ मत), नेकपा माक्र्सवादी (पुष्पलाल) (४,८३२ मत), संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च (४,६८१ मत), नेकपा (संयुक्त) (४,५१५ मत), राष्ट्रिय उर्जाशील पार्टी (४,३२१ मत), समावेशी समाजवादी पार्टी (४,२८४ मत), नेपाल लोकतान्त्रिक पार्टी (४,१२३ मत), नेपाल मातृभूमि पार्टी (३,२२८ मत), जय मातृभूमि पार्टी (२,९८१ मत), राष्ट्रिय जनता पार्टी नेपाल (२,९३६ मत) लगायत अन्य साना दलहरूले पनि थ्रेसहोल्ड कटाउन सकेनन्।

समानुपातिकमा थ्रेसहोल्ड पार गर्ने दलहरू मात्र प्रतिनिधि निर्वाचित हुन सफल भए। यसमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा, ५१,८३,४९३ मत), नेपाली कांग्रेस (१७,५९,१७२ मत), नेकपा एमाले (१४,५५,८८५ मत), नेपाली कम्युनिष्ट पार्टी (८,११,५७७ मत), श्रम संस्कृति पार्टी (३,८५,८५६ मत) र राष्ट्रिय प्रजातन्त्र पार्टी (३,३०,६८४ मत) रहेका छन्।

Logo