काठमाडौं । नेपालको अग्रणी इलेक्ट्रोनिक्स ब्रान्ड सीजीले गर्मी मौसम सुरु हुनुअघि नै ग्राहकहरूको सुविधाका लागि विशेष ‘फ्रि एसी सर्भिस क्याम्प’ र आकर्षक ‘एक्सचेञ्ज अफर’ सार्वजनिक गरेको छ। यस क्याम्पको मुख्य विशेषता भनेको ग्राहकले प्रयोग गरिरहेका जुनसुकै ब्रान्डका एसीमा पनि निःशुल्क सर्भिसिङ सेवा उपलब्ध गराइनेछ।
योजनाका मुख्य आकर्षणहरू:
-ग्राहकहरूसँग जुनसुकै ब्रान्डको एसी भए तापनि यस क्याम्पमा ल्याई निःशुल्क सर्भिसिङ गराउन सक्नेछन्।
-मर्मतका क्रममा आवश्यक पर्ने स्पेयर पार्ट्सको खरिदमा सीजीले ५० प्रतिशत सम्मको भारी सहुलियत प्रदान गर्नेछ।
-ग्राहकले आफ्नो जुनसुकै ब्रान्डको पुरानो एसी साटेर नयाँ सीजी मेरिडिया एसी लैजाँदा ५० प्रतिशतसम्मको अतिरिक्त मुल्याङ्कन प्राप्त गर्नेछन्।
-नयाँ सीजी एसीको खरिदमा ग्राहकले सिधै २० प्रतिशतसम्मको विशेष नगद छुट पाउनेछन्।
-नयाँ एसी खरिद वा एक्सचेन्ज गर्दा रु ४,००० बराबरको इन्स्टलेशन शुल्क पूर्ण रूपमा निःशुल्क गरिएको छ।
-एक्सचेन्ज गर्दा ६ महिनासम्म मान्य हुने रु ३,००० बराबरको दुईवटा सर्भिस कुपन उपहार स्वरूप प्रदान गरिनेछ।
सीजी मेरिडियाका एसीहरूमा डिजिटल इन्भर्टर कम्प्रेसर, आईओटी प्रविधि र हेल्दी फिल्टरजस्ता सुविधाहरू रहेका छन्। कम्पनीले यसको कम्प्रेसरमा १० वर्षको वारेन्टी समेत प्रदान गरेको छ। साथै, आर्थिक भार कम गर्न नागरिकता मात्र पेश गरेर सीजीका घरायसी सामग्रीहरू ‘शून्य प्रतिशत सजिलो ईएमआई’ मा खरिद गर्न सकिने व्यवस्था मिलाइएको छ।
यो योजना फागुन २४ गतेदेखि सीमित अवधिको लागि नेपालभरका प्रमुख आउटलेटहरूमा लागू भइसकेको छ। ४० वर्षभन्दा बढी समयदेखि नेपाली उपभोक्ता इलेक्ट्रोनिक्स बजारमा अग्रणी भूमिका निर्वाह गर्दै आएको सीजी इलेक्ट्रोनिक्सले गुणस्तरीय उत्पादन, नवप्रवर्तन र उत्कृष्ट सेवामार्फत लाखौं नेपाली परिवारको विश्वास जितेको छ। देशभर २१ वटा आधुनिक शोरुमहरू र ४० वटा सेवा केन्द्रहरूमार्फत कम्पनीले बिक्रीपछिको उत्कृष्ट सेवा सुनिश्चित गर्दै आएको छ।





























प्रतिक्रिया