काठमाडौं । धनुषा १ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट प्रतिनिधिसभाका उम्मेदवार बनेका किशोरी साह कमलको पक्षमा सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ ।
साह कालो सूचीमा देखिएपछि निर्वाचन आयोगले उनको उम्मेदवारी खारेज गरेको थियो । सो क्षेत्रमा उनको उम्मेदवारी खारेज भएपछि नेकपाका मातृका यादवलाई निर्वाचित भएको घोषणा गरिनुको साथै प्रमाणपत्र प्रदान गरिएको थियो । तर, यो आदेशसँगै अब यादवको पद धरापमा परेको छ ।
दायर रिटमा आज सर्वोच्च अदालतकी न्यायाधीश शारङ्गा सुवेदीको एकल इजलासले आज साहको पक्षमा अन्तरिम आदेश दिएको हो ।





























प्रतिक्रिया