एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री ओलीलाई पितृ शोक

एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री ओलीलाई पितृ शोक

केन्द्रबिन्दु
39
Shares

काठमाडौं। नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीका पिता मोहनप्रसाद ओलीको निधन भएको छ। उनको ९७ वर्षको उमेरमा आज बिहान भक्तपुरको गठ्ठाघरस्थित कोरियन अस्पतालमा उपचारका क्रममा निधन भएको हो।

परिवार स्रोतका अनुसार मोहनप्रसाद ओलीको पार्थिव शरीर भक्तपुरस्थित ओली निवास गुण्डुमा लगिने तयारी गरिएको छ। त्यहाँ श्रद्धाञ्जलीका लागि राखिएपछि आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने बताइएको छ।

मोहनप्रसाद ओलीको निधनप्रति राजनीतिक तथा सामाजिक क्षेत्रका व्यक्तिहरूले दुःख व्यक्त गर्न थालेका छन्। एमाले अध्यक्ष ओली अहिले पितृशोकमा छन्।

Logo