खानेतेलमा मूल्य बढ्यो भन्दै कालोबजारी गर्नेलाई कारबाही गर्ने विभागको चेतावनी

खानेतेलमा मूल्य बढ्यो भन्दै कालोबजारी गर्नेलाई कारबाही गर्ने विभागको चेतावनी

केन्द्रबिन्दु
6
Shares

काठमाडौं। पछिल्लो एक महिनामा खाना पकाउने तेलको मूल्य उल्लेख्य रूपमा बढेपछि उपभोक्ता मारमा परेका छन्। बजारमा सनफ्लावर, भटमास र पाम तेलको भाउ प्रतिलिटर २० देखि ५० रुपैयाँसम्म बढेको देखिएको छ।

माघ अन्त्यतिर करिब २५०–२७५ रुपैयाँमा पाइने सनफ्लावर तेल अहिले २९० रुपैयाँभन्दा माथि पुगेको छ । व्यापारीहरूले अन्तर्राष्ट्रिय बजारमा कच्चा पदार्थ महँगिनु, डलरको भाउ बढ्नु र ढुवानी मार्गमा अवरोध आउनुलाई मूल्यवृद्धिको कारण बताएका छन्।

यता वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले भने बजार अनुगमन तीव्र बनाएको छ । कृत्रिम अभाव सिर्जना गरेर वा मिलेमतोमा मूल्य बढाउने व्यवसायीमाथि कारबाही गर्ने चेतावनी विभागले दिएको छ ।

नेपालमा प्रयोग हुने अधिकांश खाने तेल अर्जेन्टिना, इन्डोनेसिया, युक्रेनलगायत मुलुकबाट आयात हुने भएकाले अन्तर्राष्ट्रिय बजारको उतारचढावको असर सीधै नेपाली बजारमा पर्ने गरेको छ ।

भन्सार विभागका अनुसार चालु आर्थिक वर्षको माघ मसान्तसम्म नेपालले करिब ९३ अर्ब ७५ करोड रुपैयाँ बराबरको खाने तेल आयात गरेको छ। बढ्दो आयात र महँगीले उपभोक्ताको दैनिक खर्च झनै बढाएको छ।

Skip This
Skip This
Logo