एकदेखि तीन सातासम्म बन्द हुन सक्ने राहदानी वितरण (सूचना सहित)

एकदेखि तीन सातासम्म बन्द हुन सक्ने राहदानी वितरण (सूचना सहित)

केन्द्रबिन्दु
18
Shares

काठमाडौँ । राहदानी विभागले राहदानी वितरण एक देखि तीन सातासम्म बन्द हुन सक्ने जनाएको छ।

नयाँ प्रणालीमार्फत राहदानी जारी गर्दा राहदानी वितरण केही समय अवरूद्ध हुनसक्ने विभागले सूचना जारी गरी जानकारी गराएको हो।

अहिले राहदानी पुस्तिका लगायतका आवश्यक तयारी गरिसकेको र एक-दुई महिना भित्रमा हालको प्रणालीबाट नयाँ प्रणालीमा बदली हुने बताउँदै विभागले उक्त अन्तरिम व्यवस्थामा प्रणाली स्थिर नभएसम्म राहदानी वितरण अवरूद्ध हुने जनाएको हो।

साथै नयाँ प्रणाली शुरु हुने मिति तथा उक्त अवधिमा गरिने व्यवस्थाका सम्बन्धमा अर्को सूचना मार्फत जानकारी गराइने समेत जनाइएको छ।

Logo