काठमाडौं। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले नेकपा (एमाले) अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई परेको पितृशोकप्रति दुःख व्यक्त गरेका छन्।
थापाले सामाजिक सञ्जालमार्फत ओलीका पिता मोहनप्रसाद ओलीको निधनप्रति दुःख प्रकट गर्दै यस खबरले आफूलाई मर्माहत बनाएको बताएका छन्। उनले दिवंगत मोहनप्रसादको आत्माको शान्तिको कामना गर्दै श्रद्धाञ्जली व्यक्त गरेका छन्।
थापाले शोकको यस घडीमा ओलीसहित शोकाकुल परिवारप्रति समवेदना पनि प्रकट गरेका छन्।






























प्रतिक्रिया