किशोरी साहको रिटमा सर्वोच्चमा सुनुवाइ सकियाे

किशोरी साहको रिटमा सर्वोच्चमा सुनुवाइ सकियाे

केन्द्रबिन्दु
45
Shares

काठमाडौँ । प्रतिनिधि सभा निर्वाचनअन्तर्गत धनुषा-१ बाट उम्मेदवारी खारेज भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता किशोरी साहले दायर गरेको रिट निवेदनमाथि सर्वोच्च अदालतमा सुनुवाइ सम्पन्न भएको छ।

शुक्रबार सर्वोच्च अदालतका न्यायाधीशद्वय सारंगा सुवेदी र टेकप्रसाद ढुंगानाको संयुक्त इजलासमा उक्त रिटमाथि बहस टुंगिएको हो।

निर्वाचन आयोगले आफ्नो उम्मेदवारी खारेज गरेको निर्णयविरुद्ध साहले फागुन १९ गते सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेका थिए। उक्त मुद्दामा अदालतले सुनुवाइ प्रक्रिया पूरा गरेको हो।

Logo