जीर्ण रहेको नारायणी रंगशाला पुनर्निर्माण सुरु

जीर्ण रहेको नारायणी रंगशाला पुनर्निर्माण सुरु

केन्द्रबिन्दु
18
Shares

वीरगञ्ज। पर्सा जिल्लाको नारायणी रंगशालामा मर्मत र स्तरोन्नतिको काम आजदेखि सुरु गरिएको छ । पहिलो चरणमा पुराना ८८ प्याराफिट हटाएर नयाँ प्याराफिट निर्माण गर्ने काम सुरु भएको पर्सा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दीपककुमार कानुले जानकारी दिए।

सरकारले चालु आर्थिक वर्षको बजेटबाट रंगशालाको पुनर्निर्माणका लागि ४ करोड रुपैयाँ विनियोजन गरेको थियो। प्रारम्भिक चरण पूरा भएपछि थप बजेटको व्यवस्था गरेर सम्पूर्ण मर्मत र स्तरोन्नति गरिने योजना छ।

करिब ३५ हजार दर्शक क्षमताको रंगशाला लामो समयदेखि जीर्ण अवस्थामा थियो। विगतमा यहाँ राष्ट्रियस्तरका खेलकुद प्रतियोगिता आयोजना हुने गरेका थिए, तर संरचना कमजोर भएको कारण ठूला कार्यक्रम सञ्चालन हुन सकेका थिएनन्।

मधेश प्रदेश सरकारले पनि रंगशालालाई अन्तर्राष्ट्रिय स्तरको बनाउने लक्ष्य राखेको छ ।

इतिहासमा, नारायणी रंगशालाको योजना २०३८ सालमा अघि बढाइएको र २०४२ सालमा तत्कालीन राजा वीरेन्द्र शाहले उद्घाटन गरेका थिए।

Logo