काठमाडौं
कृषिप्रधान मुलुक भनिने नेपालले पछिल्लो ६ महिनामा १४ अर्ब रुपैयाँ बराबरको चामल मात्र आयात गरेको छ । स्थानीय उत्पादनले माग धान्न नसक्नु तथा खाने बानी परिवर्तन नहुँदा बर्सेनि चामल आयात बढ्दै गएको हो । तर मुलुकबाट धान निर्यात भएर पुनः चामलको रूपमा नेपाल भित्रिने गरेको छ । भन्सार विभागको तथ्यांक अनुसार चालू आर्थिक वर्षको ६ महिनामा १३ अर्ब ९५ करोड ६३ लाख ४४ हजार ९९० रुपैयाँ बराबरको चामल आयात भएको हो । गत वर्षको सोही अवधिमा ११ अर्ब ४३ करोड रुपैयाँको चामल आयात भएको थियो । छिमेकी मुलुक भारतबाट सवैभन्दा धेरै चामल आयात हुने गर्छ । चीन, थाइल्यान्ड र बंगलादेशबाट पनि थोरै परिमाणमा चामल आयात हुने तथ्यांकले देखाएको छ । मुलुकमा मासिक २ अर्ब भन्दा बढीको चामल आयात हुने गरेको छ । खानेबानीमा नआएको परिवर्तनको कारणले गर्दा पनि चामल आयात बढ्दै गएको कृषिविज्ञको भनार्इ छ ।
व्यापारविज्ञ पुरुषोतम ओझाले खेतियोग्य जमिन घट्दै जानु, काम गर्ने जनशक्ति अभावले माग अनुसार उत्पादन नहुँदा चामल आयात हुने गरेको बताए । आयात प्रतिस्थापनको लागि स्थानीय उत्पादनमा विशेष जोड दिनु पर्नेमा उनले जोड दिए । कृषिप्रधान मुलुक भए पनि वार्षिक डेढ खर्ब भन्दा वढीको कृषिजन्य वस्तु आयात हुने गर्छ । निर्यात भने न्यून परिमाणमा हुने गरेको छ ।
कारोबारबाट































प्रतिक्रिया