काठमाडौं
प्रधानन्यायधीश गोपाल पराजुलीको फरक–फरक स्थान र मितिमा जारी गरिएको नागरिकता प्रमाणपत्रको सूचना उपलब्ध गराउन माग गर्दै जिल्ला प्रशासन कार्यालय तनहुँमा आइतबार निवेदन दर्ता गराइएको छ । "/>

प्रधानन्यायाधीश पराजुलीको नागरिकता प्रमाणपत्रको सूचना उपलब्ध गराउन माग

प्रधानन्यायाधीश पराजुलीको नागरिकता प्रमाणपत्रको सूचना उपलब्ध गराउन माग

केन्द्रबिन्दु
0
Shares

काठमाडौं
प्रधानन्यायधीश गोपाल पराजुलीको फरक–फरक स्थान र मितिमा जारी गरिएको नागरिकता प्रमाणपत्रको सूचना उपलब्ध गराउन माग गर्दै जिल्ला प्रशासन कार्यालय तनहुँमा आइतबार निवेदन दर्ता गराइएको छ । डा.प्राध्यापक गोविन्द केसी, अधिवक्ता ओमप्रकाश अर्याल, डा.अभिषेक राज सिंह, शशिविक्रम कार्की, प्रकाशचन्द्र परियार, मनोजकुमार अधिकारी, प्रितम सुवेदी र सागर घिमिरेद्वारा हस्ताक्षरित निवेदन जिल्ला प्रशासन कार्यालय तनहुँका प्रशासकीय अधिकृत सुरेश ढकाललाई बुझाएका छन् । शशिविक्रम कार्कीको संयोजकत्वमा आएको तीन जनाको टोलीले उक्त निवेदन दर्ता गराएका हुन् । उनीहरुले निवेदन बुझाउँदै छिटो भन्दा छिटो निवेदनमा माग गरिएको सूचनाको सुनुवाई गर्न माग गरेका थिए ।

प्रशासकीय अधिकृत ढकालले निवेदन बुझ्दै प्रजिअ नभएकाले निमित्त प्रमुख जिल्ला अधिकारी आउना साथ छलफल गरेर जिल्ला संयोजकलाई सम्पर्क गर्ने बताए । जन्म मिति २१ वर्ष कायम गरी ०३० साल साउन २१ गते र सोही नागरिकता प्रमाणपत्रको ०५३ सालमा जारी प्रतिलिपिमा जन्ममिति २०१० वैशाख १६ गते कायम गरी ०६७ मंसिरमा जारी ना.प्र.नं. २७/१८०३/४४१/३०१० को नागरिकता प्रमाणपत्र प्रतिलिपि सम्बन्धमा लामो समय देखि गम्भिर सार्वजनिक सरोकारको विवाद उत्पन्न भएकाले सोको बारेमा सूचना उपलब्ध गराइ पाउँ भनि निवेदन जिल्ला प्रशासन कार्यालय तनहुँमा दर्ता गराइएको हो ।

नेपालको संविधान २७ तथा सूचनाको हक सम्बन्धि ऐन ०६४ दफा ३ ले प्रत्याभूत गरेको सूचनाको हकका आधारमा नेपाली नागरिकहरुको रुपमा जान्न पाउने अधिकार बमोजिम सूचना उपलब्ध गराउन निवेदनमा माग गरिएको छ । तनहुँमा २३ दिन देखि प्रमुख जिल्ला अधिकारी नहुँदा निमित्त प्रमुख जिल्ला अधिकारी तुलसीराम पौडेलको भरमा चलेको छ । निमित्त प्रजिअ पौडेल प्रसिद्ध धार्मिकस्थल देवघाटधाम स्थित गलेश्वर आश्रमद्वारा आयोजित धन–धाञ्याचल विराट महायज्ञको उद्घाटन समरोहमा सहभागिताका लागि गएकाले प्रशासकीय अधिकृत ढकाललाई निवेदन बुझाइएको हो ।

नयाँपत्रिकाबाट

Logo