काठमाडौं। वन तथा वातावरण मन्त्रालयले ‘वन तथा वातावरण क्षेत्रको लैङ्गिक समानता, अपाङ्गतामैत्री तथा सामाजिक समावेशीकरण रणनीति तथा कार्यान्वयन योजना २०८२–२०९१ (जेड्सी)’ लागू गरेको छ ।
दस वर्षदेखि तयारी गरिएको रणनीति फागुन १५ देखि स्वीकृत भई लागू भएको हो। मन्त्रालयले आज कार्यक्रम आयोजना गरी मन्त्री माधवप्रसाद चौलागाईंले रणनीति दस्तावेज सार्वजनिक गरेका छन् ।
कार्यक्रममा सचिव डा गोविन्दप्रसाद शर्माले रणनीति लागू हुनु आफैंमा सफलता रहेको उल्लेख गर्दै यसलाई व्यवहारमा उतार्न सम्बन्धित क्षेत्रको प्रमुख दायित्व हुने बताए । ७४ रणनीतिअन्तर्गत हरेक पाँच वर्षमा रणनीति पुनरावलोकन र हरेक तीन वर्षमा राष्ट्रिय कार्यशाला आयोजना गर्ने प्रावधान राखिएको छ ।
रणनीतिमा महिला कर्मचारीका लागि सुविधायुक्त शिशु स्याहार केन्द्र, महिला–पुरुष दुवैको मागअनुसार एउटै जिल्लामा सरुवा, अपाङ्गमैत्री सवारीसाधन र कार्यालय स्रोत–साधन व्यवस्थापन जस्ता बुँदा समावेश गरिएको छ ।
कार्यक्रममा सामुदायिक वन महासचिव पार्वता गौतम, वन प्राधिकरण सङ्घ अध्यक्ष राकेश कर्ण, विश्व वन्यजन्तु कोष नेपालका प्रतिनिधि डा घनश्याम गुरुङ, लैङ्गिक समानता विज्ञ कञ्चन लामालगायतले रणनीतिको महत्वबारे धारणा राखेका थिए ।





























प्रतिक्रिया