जुम्लाबाट हवाई उद्धार गरिएकी सुत्केरी महिलाको उपचारका क्रममा मृत्यु

जुम्लाबाट हवाई उद्धार गरिएकी सुत्केरी महिलाको उपचारका क्रममा मृत्यु

केन्द्रबिन्दु
21
Shares

काठमाडौँ । जुम्लामा सुत्केरी भएपछि स्वास्थ्य अवस्था जटिल बनेकी एक महिलाको हेलिकप्टरमार्फत उद्धार गरी सुर्खेत ल्याइए पनि उपचारका क्रममा निधन भएको छ।

जुम्लाको तिला गाउँपालिका-३ निवासी १८ वर्षीया अस्मिता नेपालीलाई बिहीबार नेपाली सेनाको हेलिकोप्टरबाट उद्धार गरी थप उपचारका लागि सुर्खेतस्थित कर्णाली प्रदेश अस्पताल लगिएको थियो। अस्पतालका अनुसार उपचारकै क्रममा गएराति करिब १ बजे उनको मृत्यु भएको हो।

परिवारका सदस्यहरूले घरमै सुत्केरी गराउने प्रयास गर्दा लामो समयसम्म प्रसव पीडा जारी रहँदा स्वास्थ्य अवस्था बिग्रिएपछि उनलाई फागुन २५ गते जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगिएको थियो। प्रतिष्ठानमा शल्यक्रिया गरी सुत्केरी गराइए पनि त्यसपछि स्वास्थ्यमा थप जटिलता देखिएपछि उच्च उपचारका लागि सुर्खेत रेफर गरिएको थियो।

सुत्केरी महिलाको उपचारका क्रममा ज्यान गुमे पनि उनले जन्माएको शिशुको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पताल स्रोतले जनाएको छ।

Skip This
Skip This
Logo