भैरहवा

प्रदेश नम्बर ५ को पहिलो संसद बैठक स्थगित भएको छ । फागुन २ गते अर्को बैठक बस्ने गरी बैठक स्थगित भएको हो । "/>

तीन निर्णय गर्दै प्रदेश ५ को पहिलो बैठक सकियो

तीन निर्णय गर्दै प्रदेश ५ को पहिलो बैठक सकियो

केन्द्रबिन्दु
0
Shares

भैरहवा

प्रदेश नम्बर ५ को पहिलो संसद बैठक स्थगित भएको छ । फागुन २ गते अर्को बैठक बस्ने गरी बैठक स्थगित भएको हो । बुटवल उद्योग वाणिज्य संघको हलमा बसेको बैठकले संसदीय कार्यबिधि, सभाध्यक्षको समिति र सभामुख चयनको मिति तोकेको छ । सभामुखको निर्वाचन फागुन २ गतेलाई तोकेको छ ।

रुपन्देहीका जेष्ठ सदस्य ७९ वर्षीय बलदेव शर्मा पोखरेलले पहिलो बैठकमा सभामुखको भूमिका निर्वाह गरेका थिए । प्रदेश ५ को बैठकको सुरुमा सभामुख पोखरेलले प्रदेशसभा आह्वान सम्बन्धी प्रदेश प्रमुख उमाकान्त झाको पत्र पढेर सुनाएका थिए । यो बैठकमा ६ वटा दल एमाले, कांग्रेस, माओवादी केन्द्र, संघीय समाजवादी फोरम, राजपा र राष्ट्रिय जनमोर्चाका एक एक सदस्यले सम्बोधन गरेका छन् । पहिलो बैठकमै केहि साँसदहरुले प्रदेशको राजधानी प्रति फरक मत राखेका छन् ।
अन्नपूर्णबाट

Logo