ग्यासको चरम अभावबारे सरकारलाई सर्वोच्चको कारण देखाऊ आदेश

ग्यासको चरम अभावबारे सरकारलाई सर्वोच्चको कारण देखाऊ आदेश

केन्द्रबिन्दु
21
Shares

काठमाडौं । खाना पकाउने एलपी ग्यासको चरम अभाव र आपूर्ति व्यवस्थापनको विषयमा सर्वोच्च अदालतले सरकारका नाममा कारण देखाऊ आदेश जारी गरेको छ।

नेपाल ल क्याम्पसमा अध्ययनरत विद्यार्थीहरू रोशन आउजी र विवेक चौधरीले दायर गरेको काठमाडौं उपत्यकामा मच्चिएको ग्यासको अभावबारेको रिटमा न्यायाधीश मनोज कुमार शर्माको एकल इजलासले ग्यास अभाव हुनुको कारण र यस समस्या समाधानका लागि भइरहेका प्रयासबारे १५ दिनभित्र लिखित जवाफ पेश गर्न विपक्षीहरूका नाममा आदेश दिएको हो।

यद्यपि, अदालतले अन्तरिम आदेश जारी गर्न भने अस्वीकार गरेको छ।

Logo