काठमाडौं । सामसुङले आफ्नो अहिलेसम्मकै अत्याधुनिक र प्रिमियम वायरलेस इयरबड्स ‘ग्यालेक्सी बड्स ४ प्रो’ नेपाली बजारमा सार्वजनिक गरेको छ।
आर्टिफिसियल इन्टेलिजेन्सका विशेषताहरू र उच्च स्तरीय अडियो इन्जिनियरिङको समिश्रण रहेको यो नयाँ इयरबड्सले प्रयोगकर्ताको दैनिक सुन्ने र सञ्चार गर्ने अनुभवलाई नयाँ उचाइमा पुर्याउने कम्पनीको दाबी छ।
नयाँ डिजाइनमा उपलब्ध ग्यालेक्सी बड्स ४ प्रोमा परिष्कृत दुई-तर्फी स्पिकर प्रणाली जडान गरिएको छ, जसले स्पष्ट उच्च ध्वनि प्रदान गर्दछ। यसले हाई-रिजोल्युसन अडियोलाई सपोर्ट गर्ने भएकाले संगीत सुन्दा, चलचित्र हेर्दा वा कुराकानी गर्दा प्राकृतिक र विस्तृत आवाजको अनुभव मिल्नेछ।
यस इयरबड्सको मुख्य आकर्षण यसमा रहेको ‘इन्टेलिजेन्ट एडेप्टिभ एक्टिभ नोइज क्यान्सलेसन’ प्रविधि हो। यसले प्रयोगकर्ताको वरपरको वातावरण र हल्लालाई स्वचालित रूपमा पहिचान गरी सोही अनुसार न्वाइज क्यान्सलेसनको स्तरलाई समायोजन गर्दछ। साथै, यसमा रहेको एआई-युक्त माइक्रोफोनले पृष्ठभूमिमा हुने अनावश्यक आवाजलाई फिल्टर गरी व्यस्त सडक वा भीडभाडमा पनि स्पष्ट फोन कल गर्न सम्भव बनाउँछ।
लन्चका अवसरमा सामसुङ नेपालको एमएक्स डिभिजनका सिनियर डाइरेक्टर प्रणय रत्न स्थापितले भने, “ग्यालेक्सी बड्स ४ प्रोमार्फत हामीले प्रिमियम अडियो इन्जिनियरिङ र इन्टेलिजेन्ट ग्यालेक्सी एआई अनुभवलाई एकै ठाउँमा ल्याएका छौँ। यो इयरबड्स ग्यालेक्सी इकोसिस्टमलाई पूर्ण बनाउन र हाम्रा ग्राहकहरूको दैनिक जीवनलाई थप सहज र प्रभावकारी बनाउन डिजाइन गरिएको हो।”
ग्यालेक्सी बड्स ४ प्रो नेपाली बजारमा कालो र सेतो रङमा उपलब्ध छ। कम्पनीले यसको मूल्य ३३ हजार ९९९ रुपैयाँ तोकेको छ भने ग्यालेक्सी बड्स ४ को मूल्य २४ हजार ७९९ रुपैयाँ कायम गरेको छ।
ग्राहकहरूको सहजताका लागि सामसुङले विशेष फाइनान्स अफर पनि ल्याएको छ। नयाँ ग्यालेक्सी एस २६ सिरिजसँगै बड्स ४ प्रो खरिद गर्दा ग्राहकले २४ महिनाको इएमआई सुविधा प्राप्त गर्न सक्नेछन्। हुलास फिनसर्भसँगको सहकार्यमा इन्स्टा फाइनान्समार्फत यो किस्ताबन्दी सुविधा उपलब्ध गराइएको छ।





























प्रतिक्रिया