एनआरएनएको महिला संयोजकमा प्रसुनाले दिइन् उम्मेदवारी

एनआरएनएको महिला संयोजकमा प्रसुनाले दिइन् उम्मेदवारी

केन्द्रबिन्दु
9
Shares

काठमाडौं। गैरआवासीय नेपाली संघ (एनआरएनए) को १२औँ महाधिवेशनमा महिला संयोजक पदका लागि प्रसुना कंडेलले उम्मेदवारी दिएकी छन्।

बेलायतमा बस्ने कंडेल हाल एनआरएनए युरोप महिला संयोजक हुन्। उनले विदेशमा अन्यायमा परेका महिलाका समस्या, महिला सशक्तिकरण, नेतृत्व, घरेलु हिंसा र मानसिक स्वास्थ्यजस्ता विषयमा आवाज उठाउने प्रतिबद्धता व्यक्त गरेकी छन्।

कंडेलले विदेशमा बस्ने महिलालाई उद्धमशीलतामा अघि बढाउन सहयोग गर्ने, दोस्रो पुस्ताका छोरीलाई नेपालबारे बुझाउने र महिला सुरक्षा तथा समानताको एजेन्डा अघि सार्ने योजना उनका प्राथमिकतामा राखेकी छन् ।
कंडेल २० वर्षअघि बेलायत गएकी र लन्डन नर्थ वेस्ट (एनएएचएस) ट्रस्टमा ¥यापिड टिममा काम गरेकी नर्सिङ लेक्चर हुन्। एनआरएनए भित्र महिला सहभागिता र प्रतिनिधित्व मजबुत बनाउन आफूले उम्मेदवारी दिएको कंडेलले बताएकी छन् ।

Logo