समानुपातिक उम्मेदवारको टुंगो लगाउन रास्वपाको सचिवालय बैठक बस्दै

समानुपातिक उम्मेदवारको टुंगो लगाउन रास्वपाको सचिवालय बैठक बस्दै

केन्द्रबिन्दु
0
Shares

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक आज बस्दैछ। शनिबारका लागि तय गरिएको बैठक आइतबार बिहान १० बजेका लागि सारिएको हो।

बैठक वनस्थलीस्थित पार्टी केन्द्रीय कार्यालयमा बस्नेछ । सभापति रवि लामिछानेको निर्देशनअनुसार बैठकको समय तय गरिएको जनाइएको छ । यस अगाडि लामिछाने विरामी भएर बैठक स्थगित भएको थियो।

बैठकमा प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि समानुपातिकतर्फका उम्मेदवार सिफारिसबारे छलफल हुने एजेन्डा रहेको छ । प्रवक्ता मनिष झाले बैठकसम्बन्धी सूचना जारी गर्दै आज सचिवालय बैठक बस्ने जानकारी दिएका छन्।

Logo