हेटौँडा
सरकारले प्रदेश ३ को अस्थायी राजधानी हेटौँडा तोकिसकेको छ । प्रदेश सभाको पहिलो बैठक १८ माघमा बसिसकेको छ । पहिलो अधिवेशनमा कांग्रेस सांसद इन्द्र बहादुर बानियाँ बाहेक अन्य सांसदले राजधानीको विषयमा केही बोलेनन् । "/>

प्रदेश ३ को राजधानी जोगाउन हेटौँडालाई कठिन

प्रदेश ३ को राजधानी जोगाउन हेटौँडालाई कठिन

केन्द्रबिन्दु
0
Shares

हेटौँडा
सरकारले प्रदेश ३ को अस्थायी राजधानी हेटौँडा तोकिसकेको छ । प्रदेश सभाको पहिलो बैठक १८ माघमा बसिसकेको छ । पहिलो अधिवेशनमा कांग्रेस सांसद इन्द्र बहादुर बानियाँ बाहेक अन्य सांसदले राजधानीको विषयमा केही बोलेनन् । तर अहिले राजधानी यहीँ राख्ने कि सार्ने भन्ने विषय पेचिलो बन्दै गएको छ । कांग्रेस सांसद बानियाँले हेटौँडा प्रादेशिक राजधानी नभए संघीयता नै कार्यान्वयन नहुने चेतावनी दिएका थिए ।

२७ माघमा प्रदेश सभाको बैठक बोलाइएको छ । सो बैठकमा प्रादेशिक राजधानीको विषय पेचिलो रूपमा उठ्ने देखिएको छ । मकवानपुर बाहेक १२ जिल्लाबाट प्रतिनिधित्व गर्ने अधिकांश सांसद हेटौँडा प्रति सकारात्मक नदेखिए पछि राजधानीको विषयमा छलफल हुने अवस्था सिर्जना भएको छ । हेटौँडा राजधानी बनाउने विषयमा चितवनले पूर्णरूपमा साथ दिने अनुमान गरिएको थियो । तर अहिले चितवनका सांसदहरूले पनि मिश्रित प्रतिक्रिया दिएका छन् । यदि चितवनले साथ नदिएमा हेटौँडा राजधानी बनाउन दुई तिहार्इ सांसद पु¥याउन गाह्रो देखिएको छ । प्रदेश ३ मा कुल ११० सांसद छन् । पछिल्लो समय सबै जिल्लालाई पायक पर्ने गरी भक्तपुर, ललितपुर, काभ्रे मध्ये एक ठाउँमा राजधानी हुनुप र्ने विचार आउन थालेका छन् ।
नयाँपत्रिकाबाट

Logo