काठमाडौं। प्रतिनिधिसभा निर्वाचनपछि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) समानुपातिक सांसद छनोटको अन्तिम तयारीमा जुटेको छ । सोही विषय टुंग्याउन पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठक धुम्बाराहीस्थित केन्द्रीय कार्यालयमा बसिरहेको छ।
बैठकमा प्रतिनिधिसभा निर्वाचनको समानुपातिकतर्फ पार्टीले पाएको चार सिटका लागि उम्मेदवारको नाम सिफारिस गर्ने मुख्य एजेन्डा रहेको छ । निर्वाचन परिणामअनुसार राप्रपाले समानुपातिकतर्फ ३ लाख ३० हजार ६८४ मत प्राप्त गर्दै चार सांसदको हिस्सा सुरक्षित गरेको थियो।
प्रत्यक्षतर्फ भने पार्टीले केवल एक सिट मात्र जित्न सफल भएको थियो, त्यसैले समानुपातिकतर्फको छनोट पार्टीका लागि महत्वपूर्ण बनेको छ ।
निर्वाचन आयोगले सबै दललाई समानुपातिक सांसदको नाम सिफारिस गर्न आजसम्मको समयसीमा दिएको छ । सोही समयसीमाभित्र राप्रपाले चार जनाको नाम टुंग्याएर आयोगमा पठाउने तयारी गरिरहेको छ ।































प्रतिक्रिया