रसुवा ।

उत्तरगया गाउँपालिकाको गोगनेभिर सडकमा ज्यान मारेको अभियोगअन्तर्गत पाँच जना अभियुक्तलाई कारागार चलान गरिएको छ । "/>

ज्यान मार्ने पाँच अभियुक्त कारागार चलान

ज्यान मार्ने पाँच अभियुक्त कारागार चलान

केन्द्रबिन्दु
0
Shares

रसुवा ।

उत्तरगया गाउँपालिकाको गोगनेभिर सडकमा ज्यान मारेको अभियोगअन्तर्गत पाँच जना अभियुक्तलाई कारागार चलान गरिएको छ । 

रसुवा जिल्ला अदालतले दिएको जानकारीअनुसार पुर्पक्षका लागि कारागार चलान हुनेमा कपिलवस्तु जिल्ला शिवराज नपा–११ घर भई हाल अप्पर त्रिशूली १ विद्युत् आयोजनामा काम गर्ने देवराज घर्तीमगर, दिलमान घर्तीमगर, दीपेन्द्रपुन मगर, कुलमान बुढामगर र सुशील गिरी रहेका छन् । 

उनीहरुको समूहले गत पुस महिनाको २४ गते आफ्नै साथी कामदार प्यूठान जिल्ला बाजीकाकोट–२ बस्ने ४० वर्षीय उदयमहत क्षेत्रीलाई फलामको औजारले हिर्काइ मारेको अनुसन्धानबाट खुलेपछि हदैसम्मको सजायका लागि जिल्ला सरकारी वकिलको कार्यालयमार्फत ती पाँचै जना अभियुक्तलाई जिल्ला अदालतसमक्ष बुझाइएको जिल्ला प्रहरी प्रमुख शरदकुमार थापाक्षेत्रीले बताउनुभयो । 

रसुवा जिल्लाको हाकु क्षेत्रमा निर्माण हुन लागेको २१६ मेघावाट जलविद्युत् आयोजनाको एरियाभित्र भएको सो घटनाको अनुसन्धान पुष्टि गर्न केन्द्रबाट विशेषज्ञ झिकाइ पोलिग्राफ उपकरण प्रयोग गर्नुपरेको प्रहरीले जनाएको छ । रासस

Logo