काठमाडौं। नेपाली कम्युनिस्ट पार्टीका नेता तथा पूर्व शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रि देवेन्द्र पौडेलले पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीका पिता मोहनप्रसाद ओलीको निधनप्रति गहिरो दुःख व्यक्त गरेका छन्।
पौडेल र उनकी श्रीमती तथा नेकपा नेतृ बलावती शर्मा ओली निवास गुण्डु पुगेर शोकाकुल परिवारसँग भेटघाट गरी दिवंगत बुवाप्रति श्रद्धाञ्जली र शोकाकुल परिवारप्रति गहिरो समवेदना व्यक्त गरेका हुन्।
पौडेलले सामाजिक सञ्जालमार्फत लेखेका छन्, “पूर्वप्रधानमन्त्री ओलीका पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधनले स्तब्ध छु। दिवंगत बुबाप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै ओलीज्यूलगायत शोकाकुल परिवार र आफन्तजनप्रति गहिरो समवेदना व्यक्त गर्दछु।”





























प्रतिक्रिया