पेट्रोलियम पदार्थको अभावलाई बहाना बनाएर कालोबजारी नगर्न हर्क साम्पाङको अपिल

पेट्रोलियम पदार्थको अभावलाई बहाना बनाएर कालोबजारी नगर्न हर्क साम्पाङको अपिल

केन्द्रबिन्दु
21
Shares

काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा प्रतिनिधि सभा सदस्य हर्क साम्पाङले पेट्रोलियम पदार्थको आपूर्ति असहज भएको वर्तमान अवस्थालाई आधार बनाएर कृत्रिम अभाव सिर्जना गर्दै कालोबजारी नगर्न सम्बन्धित सबै पक्षलाई आग्रह गरेका छन्।

सामाजिक सञ्जालमार्फत सार्वजनिक गरिएको भिडियो सन्देशमा उनले आपूर्ति समस्या देखिएको समयलाई अवसरका रूपमा प्रयोग गर्दै सामान भण्डारण गरी अत्यधिक मूल्यमा बिक्री गर्ने प्रवृत्ति दोहोरिन सक्ने भन्दै त्यसो नगर्न सचेत गराएका छन्।

साम्पाङले सरकारलाई समेत उपलब्ध सबै संयन्त्र परिचालन गरी पेट्रोलियम पदार्थको आपूर्ति नियमित र सहज बनाउनेतर्फ आवश्यक पहल गर्न ध्यानाकर्षण गराएका छन्।

Logo