अझै सञ्चालनमा आएन राजविराज बसपार्क

अझै सञ्चालनमा आएन राजविराज बसपार्क

केन्द्रबिन्दु
15
Shares

काठमाडौं । निर्माण कार्य सम्पन्न भएर उद्‌घाटन भएको १० महिना बित्न लाग्दा पनि राजविराज बस पार्क अझै सञ्चालनमा आउन सकेको छैन् ।

राजविराज नगरपालिका वडा -२ राजदेवीचौक स्थित नवनिर्मित बसपार्कको १० महिना अघि राजविराजका कार्यवाहक नगरप्रमुख इसरत परवीनले उद्‌घाटन गरेका थिए  ।

तर, बसपार्क सञ्चालनमा नभएकोले राजविराजमा जथाभावी सडकमै सार्वजनिक सवारी साधनपार्किङ्ग गर्ने र त्यहीँबाट आवत जावत गर्ने क्रम बढ्दै गएको हो ।बसपार्ककै अभावका कारण जताततै पाकिङ्ग र ट्राफिक व्यवस्थापनमा पनि समस्या भइरहेको छ ।

नेपाल सरकारको सघन शहरी तथा भवन निर्माण आयोजना सप्तरी मार्फत १५ करोड ६० लाख रुपैयाँको लागतमा राजविराज वडा -२ राजदेवी मन्दिर नजिकै १९ हजार छ सय भन्दा बढी वर्ग किलोमिटरमा फैलिएको आधुनिक सुविधा सम्पन्न बसपार्कमा सोधपुछ कक्ष, टिकट काउन्टर, सर्भिस सेन्टर, बैंक ब्रान्च, प्रतीक्षालय, शौचालय, रेस्टुरेन्ट, मिनिमार्केट, सभाहल, प्रहरी बिट लगायतका सञ्रचना निर्माण गरिएको छ ।

बसपार्क सञ्चालनकै लागि नगरपालिकाले कार्यविधि बनाएर तीनपटक टेन्डर निकालेको तर, कसैले पनि टेन्डर नभर्दा अहिले सम्म बसपार्क सञ्चालनमा आएको  छैन । 

Skip This
Skip This
Logo